पूर्व-पश्चिम राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र
2021/08/27, 1:43
 
ss

अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन्।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर १० र ११ मा पर्ने मौराटाँडी क्षेत्र, राजमार्ग विस्तारका क्रममा बनाइएका डाइभर्सन र सुनवल नगरपालिकास्थित तुरीया खोलाको पुलमा क्षति हुँदला राजमार्ग अवरुद्ध भएको हो। राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु राजमार्गमै अलपत्र परेका छन्। राजमार्गमा सवारीसाधनहरुको लामो लाइन लागेको छ।

अवरुद्ध राजमार्ग खुलाउन केही समय लाग्ने स्थानीय प्रशासनले बताएको छ। राजमार्गकै बर्दघाट दुम्कीबास सडकखण्ड अन्तर्गत दाउन्नेको विभिन्न क्षेत्रमा सडकमाथिबाट खसेको पहिरो खस्नुका साथै रुख ढल्दा राजमार्ग अवरुद्ध भएको छ। दाउन्ने क्षेत्रको अवरोध हटाउन दुईवटा जेसिभी र क्रेनसहितको टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।