नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले महामारीको संवेदनशीलतालाई ख्याल नगरी सरकार झुटको खेतीमा लागेको बताएका छन । सरकारकै विवेकहिनताले कोरोना संक्रमण नियन्त्रण बाहिर गएको दाबी गर्दै नेता महरले असफलतालाई लुकाउन सरकार झुटको सहारा लिइरहेको आरोप लगाएका छन ।
एक प्रेस विज्ञप्ती जारी गर्दै नेता महरले संकटको आवरणमा सरकार लोकतन्त्र कमजोर पार्ने खेलमा लागेको उल्लेख गरेका छन । सरकार आफ्ना अकर्मण्ड्यता लुकाउन राज्यशक्तीको दुरुपयोग गरिरहेको जिकिर गर्दै नेता महरले विज्ञप्तीमा गृह मन्त्रालयको पछिल्लो धारणा लोकतान्त्रिक मूल्यमान्यता विपरित भएको ठहर गरेका छन । ’सरकार बिरोधीहरूलाई दमन गर्ने तानाशाही शैलीमा उत्रिएको छ’, महरले विबज्ञप्तीमा भनेका छन्, ’संकटको समयमा सरकारका गतिविधि निन्दनीय छन्, तिनको कडा शब्दमा निन्दा गर्दछु ।’
सरकारबाटै लोकतन्त्र संकटमा रहेको ठोकुवा गर्दै नेता महरले लोकतन्त्र विरोधी सरकारका गतिविधि विरुद्ध एकजुट भएर लाग्न विश्वभरका नेपालीलाई आह्वान समेत गरेका छन । सत्य लुकाउन र विरोधीमाथि दमनका लागि सरकार मिडियामाथि खनिरहेको जिकिर गर्दै महरले राज्य आतंकले लोकतन्त्रलाई संकटतिर धकेलिरेहको दावी गरेका छन् ।
नागरिकको स्वास्थ्य जोगाउने मूल जिम्मेवारीलाई बिर्सेर सरकार कार्यकर्तालाई पोस्ने गरी भ्रष्टाचारमा लिप्त भएको महरको आरोप छ। परीक्षणको दायरा बढाउन, क्वारेन्टिन व्यवस्थापन, बिपन्न समुदायको जिविका, अर्थतन्त्रको पुर्नउत्थानमा सरकारी ध्यान जानुपर्नेमा महरको जोड छ ।
नेकपा आफ्नै चुनावी घोषणापत्रलाई समेत ख्याल नगरी नागरिकका आधारभूत आवश्यकता र अभिभावकीय भूमिकाबाट बिमुख भएको नेता महरको ठहर छ । संबिधानको भावना, बिभिन्न अन्तर्राष्ट्रिय मूल्य मान्यता, मानव अधिकारको अवधारणा र राज्यको समावेशी चरित्रलाई सरकारले पुरै वेवस्ता गरेको महरले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
नागरिक स्वास्थ्यमाथि भइरहेको खेलवाड अन्त्य गरी तत्काल स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउन नेता महरले माग गरेका छन् सरकारको विवेकहीनताले संकट थपिदै गएको उल्लेख गर्दै महरले जनता र देश बिरोधी क्रियाकलापका विरुद्धको आवाजमा एकजुट हुन सबैलाई आग्रह गरेका छन्। अन्यायलाई सहेर नबस्ने र लोकतन्त्र बिरोधी कार्यको खुलेर बिरोध गर्ने दायित्वप्रति सबैले संवेदनशील हुने बेला आएको महरले ठहर छ ।