सुदुरपश्चिममा भारतबाट आएका ६२ हजार जनालाई क्वारेन्टिनमा राखियो, कैलालीमा मात्रै २० हजार वढी क्वारेन्टिनमा
2020/06/13, 8:06
 
korona

सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भारतबाट आएका झण्डै ६२ हजारलाई क्वारेन्टिनमा राखिएको छ । भारतमा कोरोना भाइरसको जोखिम भएको क्षेत्रबाट फर्किएका ६१ हजार ७ सय १० जनालाई नौँ जिल्लाका एक हजार ९ सय १८ वटा क्वारेन्टिनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

क्वारेन्टिनमा राखिएका मध्ये ५१ हजार ५ सय ३० जना पुरुष र १० हजार १ सय ८० जना महिला रहेका छन । उनीहरु भारत सहित कोरोनाको जोखिम भएको क्षेत्रबाट फर्किएका हुन । सुदूरपश्चिम प्रदेशमा ८२ हजार सात सय १८ जना अटाउने क्वारेन्टिन स्थापना गरिएको छ ।

त्यसमा सवैभन्दा वढी २० हजार एक सय ६३ जना रहेका छन् । अछाममा ९ हजार १४ जना, डोटीमा ९ हजार ५ सय ४२ जना, कञ्चनपुरमा ६ हजार ५ सय ३३ जना, वैतडीमा तीन हजार ९ सय जना, वाजुरामा चार हजार ९ सय ६१ जना, डडेल्धुरामा तीन हजार दुई सय ७६ जना, वझांगमा ३ हजार ४७ जना र दार्चुलामा एक हजार २ सय ७४ जना क्वारेन्टिनमा रहेका छन् ।