सुदूरपश्चिममा कोरोना परीक्षणका नमुनाहरु थपिदैं, अझै १८३० नमुनाको नतिजा आउन बाँकी
2020/06/13, 8:14
 
korona

सुदूरपश्चिममा कोरोना परीक्षणका नमुनाहरु थपिदैं गएका छन् । विहीवारसम्म संकलन भएका १६७२ नमुना परिक्षण वाँकी रहेकोमा शुक्रवारसम्म संकलन भएका १८३० वटा नमुना परिक्षण गर्न वाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । ती नमुनाहरु परिक्षणको क्रममा धनगढी स्थित प्रयोगशालामा रहेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारी अनुसार २४ घण्टामा एक सय ५० नमुनाहरु परीक्षण गरिएपति ती नमुना जाँच गर्न बाँकी रहेका हुन् । निर्देशनालयका अनुसार संकलित नमूना अहिले धनगढी प्रयोगशालामा परीक्षणको क्रममा रहेका छन् । कोरोना परीक्षण भएकोमा एक सय ९१ जनामा संक्रमण पुष्टि भईसकेको छ ।

संक्रमित मध्ये २१ जना डिस्चार्ज भएका छन् भने दुई जनाको मृत्यु भएको छ । यस्तै धनगढीका एक संक्रमितलाई सेती प्रादेशिक अस्पतालले काठमाडौँ रेफर गरेको छ ।
¥यापिड टेस्टमा पोजेटिभ देखाएपछि कोरोना भए, नभएको पुष्टि पीसीआर परीक्षणबाट हुने गरेकोमा अधिकाशंको भने पीसीआर परीक्षण बाँकी छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले भने सुदूरपश्चिममा एउटा मात्रै प्रयोगशाला भएको र आरडिटी धेरैमा पोजेटिभ देखाएकोले परीक्षणमा समस्या भएको जनाएको छ ।