नेकपा एमाले सुदूरपश्चिमका १० जना सासंदले नेकपा (एस)को पक्षमा गरे सनाखत
2021/08/31, 5:27
 
V

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा नेकपा एमाले सुदूरपश्चिमका  १० जना सासंदले सनाखत गरेका छन् ।  नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न सुदूरपश्चिमका प्रदेशसभाका १३ सदस्य प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेको भए पनि १० जनाले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेको जनाएको छ ।

सनाखत  गर्नेमा सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुनमन्त्री रहेकी पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मना साउँद, पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट, सांसदहरू बलबहादुर सोडारी, अम्मर साउँद,कुलबिर चौधरी, सुशिला बूढाथोकी र एमाले प्रमुख सचेतक दुर्गा कामीले आज नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका हुन।

आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज,पूर्व एमाले प्रमुख सचेतक तारालामा तामाङ, भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले भोली सनाखत गर्ने बुझिएको छ ।