कोरोना नियन्त्रणका लागि गरेको खर्चमा सुदुरपश्चिम सरकारको खर्च सबैभन्दा बढी
2020/06/13, 10:52
 
korona

देशभरीका प्रदेश सरकारहरुले कोरोना नियन्त्रणका लागि गरेको खर्चमा सुदुरपश्चिम सरकारको खर्च सबैभन्दा बढी भएको छ । सरकारले सार्वजनिक गरेको खर्च विवरण सुदुरपश्चिम सरकारले सवैभन्दा वढी खर्च गरेको देखिएको छ ।

सात वटै प्रदेश सरकारले १ अर्व ३० करोड ५२ लाख खर्च गरेकोमा सुदरपश्चिम सरकारले ३६ करोड ४९ लाख खर्च भएको जनाएको छ । सुदुरपश्चिम सरकारको कोरोना नियन्त्रण कोषमा जम्मा भएको ४२ करोड ५७ लाख रकमबाट सो रकम खर्च भएको हो ।

दोस्रो नम्बरमा रहेको कर्णाली प्रदेशले २३ करोड ९३ लाख खर्च गरेको छ । सुदुरपश्चिम प्रदेशको खर्च कर्णाली प्रदेशभन्दा झण्डै १२ करोड ५६ लाख वढी खर्च हो । सवैभन्दा कम खर्च सुदुरपश्चिमसँगै जोडिएको प्रदेश नम्बर ५ ले गरेको छ ।

प्रदेश नम्बर ५ ले ७ करोड ७९ लाख रकम खर्च गरेको हो । सुदुरपश्चिम सरकारले प्रदेश ५ भन्दा २८ करोड ७ लाख वढी खर्च गरेको छ । प्रदेश नम्बर १ ले १९ करोड ३५ लाख, गण्डकी प्रदेशले १५ करोड ४२ हजार, वागमती प्रदेशले १३ करोड ६७ लाख प्रदेश नम्बर २ ले १३ करोड ३९ लाख खर्च भएको विवरण सरकारलाई पठाएका छन् ।

त्यसमा सुदुरपश्चिम सरकारले नै सवैभन्दा वढी कोरोना नियन्त्रणका लागि खर्च गरिएको भनिएको छ । यदपी कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले चासो नदेखाएको भन्दै सडकदेखि सदनसम्म, सत्ताप्षदेखि प्रतिपक्षसम्मले मात्रै होईन सामाजिक सञ्जालमा पनि चर्को विरोध भएको थियो । 

b