
कैलालीमा विद्यालय खोल्ने तयारी गरिएको छ । सरकारले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय खोल्न सकिने निर्णय गरेसँगै कैलालीमा स्थानीय तहका जनप्रतिनिधि सँग छलफल भइरहेको हो ।

बिहीबारका लागि बोलाइएको बैठकमा विद्यालय सञ्चालनका विषयमा छलफल हुने सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए । ‘काठमाडौं शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय भएपछि कैलालीमा पनि जनप्रतिनिधिसँग छलफल गर्न बैठक बोलाइएको हो ’ उनले भने ।
स्थानीय तहका जनप्रतिनिधी र सरोकारवाला निकायले यस अघि नै शैक्षिक संस्था सुचारु गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन् । सम्भवत: विद्यालय सञ्चालनको निर्णय हुने उनले बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 1:38
2022/07/08, 4:44
2023/11/18, 2:39
2020/09/03, 8:25