सुदूरपश्चिममा एन्टिबडी पोजिटिभ देखिएका दुई हजार आठ सयको अझै भएन पीसीआर टेस्ट
2020/06/13, 1:44
 
korona

सुदूरपश्चिम प्रदेशमा हालसम्म थ्रोट स्बावबाट गरिएको परीक्षणमा २ दशमलव २७ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार चैतदेखि हालसम्म १० हजार २ सय ३२  जनामा पीसीआर विधिबाट परीक्षण गरिएको छ । त्यसमध्ये १ सय ८८ जनामा कोरोना पोजिटिभ देखिएको छ । तीन जनाको भने प्रदेश वाहिर कोरोना पुष्टि भएको छ ।

भारत सहित विदेशबाट आएकामा मात्र संक्रमण देखिएकाले समुदायमा भने फैलिसकेको छैन । निर्देशनालयका अनुसार सुदूरपश्चिममा ९ हजार ४ सय ८२ जनाको थ्रोट स्वाब लिईएको छ । १ हजार ८ सय ३० जनाको रिपोर्ट आउन बाँकी छ । निर्देशनालयका अनुसार आरडिटी विधिबाट ५६ हजार ५ सय ९९ जनाको परिक्षण गरिएकोमा ५३ हजार ७ सय ८२ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

परिक्षण गरिएको नमुनामा दुई हजार ८ सय १७ जनाको नतिजा पोजेटिभ आएको छ । उनीहरुको पिसिआर विधिबाट जाँचका लागि थ्रोब स्वाव संकलन गरी सकिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । तर ती सबैको पीसीआर परिक्षण गरिएको छैन ।

पिसिआर विधिबाट वटा नमुना संकलन गरीएकोमा ८ हजार ४ सय २५ जनाको जाँच गरिएको छ । ८ हजार २ सय १४ नमुनाको रिर्पोट नेगेटिभ आएको छ । एक हजार ६ सय ७२ वटा नमुना परिक्षणको क्रममा रहेका छन् । स्वास्थ्य निर्देशनालयका डाक्टर गुणराज अवस्थीले भारतमा संक्रमित भएर आएकाहरुबाट समुदायमा संक्रमण फैलिन नदिनु नै चुनौती रहेको बताए ।

‘अहिलेको हाम्रो प्रयास कोरोना समुदायलाई फैलिनबाट रोक्नु हो,’ उनले भने, ‘यसका लागि बाहिरबाट आएकालाई क्वारेन्टाईन, संक्रमितलाई आइसोलेसनमै राखेर संक्रमणको रोकथाम गर्ने प्रयत्न रहेको छ ।’