कैलालीमा विद्यालय खुले
2021/09/03, 10:27
 
dd

कैलालीमा विद्यालयमा भौतिक रूपमै पठनपाठन सञ्चलन हुने भएको छ । बिहीबार भएको बैठकपछि प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आदेश जारी गर्दै भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न सूचित गरेका छन् ।

बालबालिकाका शैक्षिक गतिविधि र अन्य सामाजिक गतिविधिलाई सहज बनाउन यस्तो निर्णय गरिएको आदेशमा उल्लेख छ। सकभर भर्चुअल माध्यमबाट पठनपाठन गराउन आदेशमा आग्रह गरिएको छ। भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्नुपर्ने भएमा सरकारले जारी गरेको स्मार्ट लकडाउनको मापदण्ड पुरा गरेर पठनपाठन सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ।

मापदण्ड पालना भए, नभएको अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ। स्वास्थ्य मापदण्ड अपनाएको नभेटिए तत्काल विद्यालय बन्द गरिने प्रमुख जिल्ला अधिकारी रिजालद्वारा जारी आदेशमा उल्लेख छ ।