
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनमा सहयोग गरेको जस्तै गरी कूटनीतिक रूपमा जमिन फिर्ता ल्याउने काममा पनि सहयोग रहने बताएका छन । सरकारले जारी गरेको नयाँ नक्शा अनुसार नेपालको निशान छाप परिमार्जनको लागि संविधान संशोधन गर्नका लागि बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै देउवाले संविधान संशोधनमा विपक्षी दलको तर्फबाट पूर्ण सहयोग रहने बताए ।

“कालीनदीको पूर्वी भाग नेपालको हो भन्ने कुरा स्पष्ट छ । पार्टीको केन्द्रिय समितिको बैठकले पनि संशोधनको पक्षमा सहयोग गर्ने निर्णय गरेको छ । केन्द्रिय समिति र संसदीय दलले पूर्ण रूपमा समर्थन गरेको छ”, देउवाले भने ।
संविधान संशोधनमा सबै दल सहमत भएर राष्ट्रिय अखण्डता र सार्वभौमिकताको लागि सबै राजनीतिक दल एक छन भन्ने स्थापित भएको उनले बताए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09