सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५५ पुग्यो
2020/06/13, 5:34
 
korona

सुदूरपश्चिममा शनिवार थप ६४ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

 शनिवार थप  पुष्टि भएका मध्ये ५५ जना पुरुष र नौँ जना महिला  छन् । कैलालीका ११ जना, कञ्चनपुरका २१ जना, डडेल्धुराका २४ जना, बझाङका पाँच जना, डोटीका तीन जनामा कोरोना पुष्टि भएको हो ।  यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई सय ५५ पुगेको छ। 

डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २३ जनामा कोरोना पुष्टि भएको छ भने अमरगढी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ। 
कैलालीको चुरे गाउँपालिकाका पाँच जना, धनगढी उप–महानगरपालिकाका दुई जना, गोदावरी नगरपालिकाका दुई जना, लम्की चुहा नगरपालिकाका एक जना र टीकापुर नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ। 

बझाङको बिथ्थडचिर र केदारस्यू गाउँपालिकाका दुई÷दुई जना तथा खप्तड छान्नाका एक जनामा कोरोना पुष्टि भएको छ। डोटीको जोरायल गाउँपालिकाका दुई जना र सायल गाउँपालिकाका एक जनामा कोरोना संक्रमण देखाएको छ। 

कञ्चनपुरको लालझाडीका १४ जना, महाकाली नगरपालिकाका तीन जना, पुनरवास नगरपालिकाका दुई जना, बेदकोट नगपालिकाका एक जना र कञ्चनपुरकै तर स्थानीय तह नखुलेका थप एक जनामा कोरोना पुष्टि भएको हो। 

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई सय ५५ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ७८ जना, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका १६, डोटीका १३, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २१ जना निको भएर घर फर्किसकेका छन्।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट दुई सय २७, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ।