दीर्घरोगीलाई मासिक ५ हजार भत्ता, शहीद परिवारलाई पनि जीविकोपार्जन खर्च
2021/09/10, 4:50

एमाले नारावाजी र अवरोधका बाबजुद शेरबहादुर देउवा नेतृत्वको सरकारले बजेट प्रतिस्थापन विधेयक संसदमा पेस गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले चालु खर्च अन्तर्गतका बैठक भत्ताहरूमा खर्च कटौती गर्ने र यसबाट उब्रिएको ५ अर्ब कोभिडमा खर्च गरिने बताएका छन् ।
यसैगरी मिर्गौला तथा मेरुदण्डका दीर्घरोगीलाई ५ हजार रूपैयाँ भत्ता दिइने भएको छ । यसअघि देउवा नेतृत्वकै सरकारले यो निर्णय गरेको भए पनि कार्यान्वयनमा आएको थिएन ।

विभिन्न राजनीतिक तथा परिवर्तनका आन्दोलनमा वलिदान गर्ने परिवार (शहीद) लाई जीवनवृत्तिस्वरूप मासिक ३ हजार प्रदान गरिने अर्थमन्त्री शर्माले बताएका छन् ।
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/16, 6:42
2020/12/02, 11:08
2022/03/18, 12:27
2023/04/16, 3:10