नयाँ नक्सा निशान छापमा समावेश भएपछि सुदुरपश्चिममा खुशीयाली, ठाउँ ठाउँमा दिप प्रज्वलन (फोटो फिचर)
2020/06/13, 8:32
 
naksa

लिपुलेक सहितको नेपालको नयाँ नक्सा निशान छापमा समावेश भएपछि सुदुरपश्चिममा खुशीयाली छाएको छ । सुदुरपश्चिमको भुभाग समेटेर नयाँ नक्सा निशान छाप समेट्नका लागि विधयेक पारित भएपछि त्यसको खुशीयालीमा प्रदेशका विभिन्न स्थानहरुमा दिप प्रज्वलन गरिएको छ । 

b

b

2

b

b

2

ऐतिहासिक दिन भन्दै सुदुरपश्चिमका नौ जिल्लाहरुका विभिन्न स्थानहरुमा दिप प्रज्वलन सहित खुशीयाली मनाईएको हो । धनगढीमा युवा संघ र अनेरास्ववियुको आयोजनामा संयुक्त रुपमा दिप प्रज्वलन गरिएको छ ।

1

b

2

कैलालीको अत्तरिया, सुख्खड, लम्की, टीकापुर लगायतका ठाउँहरुमा पनि दिप प्रज्वलन सहित स्वागत गरिएको छ । कञ्चनपुरका विभिन्न स्थानहरुमा पनि खुशीयाली मनाईएको छ । कञ्चनपुरको पुर्नवासमा पनि स्वतन्त्र रुपमा युवाहरुको समुहले दिप प्रज्वलन गरेको अनेरास्ववियुका नेता हेमन्त रेग्मीले जानकारी दिए ।

b

b

k

b

2

डोटी डडेल्धुरा वैतडी अछाम वाजुरा वझांग दार्चुला जिल्लाहरुका पनि विभिन्न स्थानहरुमा दिप प्रज्वलन सहित खुशीयाली मनाईएको हाम्रा सकहर्मीहरुले जनाएका छन् । 

2

2

2