भाषा आयोगले भन्यो- 'तथ्याङ्क नभएकाले रानाथारु भाषा सिफारिस गर्न सकेनौं'
2021/09/15, 2:13

भाषा आयोगले सुदूरपश्चिम प्रदेशमा बोलिने राना थारु भाषा २०६८ को जनगणनाको तथ्याङ्कमा नभएकाले प्रदेशको कामकाजको भाषाका लागि सिफारिस गर्न नसकेको प्रष्टीकरण दिएको छ ।
आयोगका प्रवक्ता डा. लोकबहादुर लोप्चनले बुधबार विज्ञप्ति जारी गर्दै राना थारु भाषाका वक्ताहरुको छुट्टै आधिकारिक तथ्याङ्क प्राप्त नभएकाले प्रदेशको कामकाजको भाषाको रुपमा सिफारिस गर्न नसकेको बताएका छन् ।
२०६८ सालको राष्ट्रिय जनगणनाको तथ्याङ्कमा थारु भाषा मात्र उल्लेख भएको तर राना थारु भाषा उल्लेख नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै आयोगले यसै वर्ष हुने जनगणनामा सुदूरपश्चिम प्रदेशको बहुसंख्यक जनताले बोल्ने भाषाको रुपमा तथ्याङ्क पुष्टि भए रानाथारु भाषालाई प्रदेश कामकाजको भाषाको रुपमा सिफारिस गर्ने बताएको छ ।

2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/25, 9:19
2020/12/17, 1:52
2021/07/28, 9:30
2022/04/27, 1:47
2023/01/28, 2:56