
सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी ) को संसदीय दलको कार्यालय स्थापना भएको छ । बिहीबार दलका नेता दीर्घ सोडारीले सो बोर्ड लगाएर दलको कार्यालय उद्घाटन गरे ।

सो अवसरमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी सहित र प्रदेश सभा सदस्यहरुको उपस्थिति थियो । प्रदेश सभा भवन नजिकै रहेको सो दलको कार्यालय पहिले एमाले र माओवादी मिल्दा बनेको नेकपाले प्रयोग गरेको थियो ।
अदालतले नेकपा फुटाएपछि एमालेको संसदीय दलको कार्यालय रहेको सो कार्यालयमा अहिले नेकपा (एस) को कार्यालय बनाइएको हो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/12, 10:07
2021/01/14, 4:20
2022/07/08, 4:44
2023/11/18, 2:39