कैलालीमा धमाधम सुटिङ हुदैं ‘म राजेश हमाल’ 
2021/09/16, 3:17
 
dd

कैलालीमा नेपाली चलचित्र ‘म राजेश हमाल’ को सुटिङ भईरहेको. छ । विगत १० दिनदेखि कैलालीको पुर्वी क्षेत्रमा चलचित्रको छायाकन भईरहेको हो । कैलालीको बौनिया। घैला वौनिया, कटासे लगायतका क्षेत्रमा फिल्मका दृश्यहरु खिचिएका छन् । पुरै फिल्म कैलालीमै खिचिने निर्माण पक्षले जनाएको छ । 

2

फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एवनराज उप्रेती, अस्मिता लामिछाने, सञ्जोग रसाइली आदि कलाकारको अभिनय रहेको छ । अभिनेता आर्यन सिग्देल अतिथी भूमिकामा देखिँदैछन् । चलचित्रमा धनगढीका संगीतकार दीपक आरजेको संगीत रहेको छ । उनले यसअघि लप्पन छप्पन, अमेरिका ब्वाईज, बाह् सत्ताईस लगायतका चलचित्रमा संगीत गरेका छन् । उनको कम्पनी ढाकाटोपी प्रोडक्सनले पनि चलचित्रमा लगानी गरेको छ । 

2

अलोक शुक्लाले खिचिरहेको फिल्मलाई भीम विश्वकर्माले सम्पादन गर्नेछन् ।  वर्ड पिक्चर, जोया पपया र ढाकाटोपी प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्ममा अनुज हमाल कार्यकारी निर्मातामा रहेका छन् । चलचित्रका निर्देशक जोन योञ्जनकै कथा रहेको फिल्मको पटकथा जोन र सायद कार्कीले मिलेर तयार पारेका हुन् । डेढ महिनाको सेड्युलमा फिल्मको छायांकन कैलालीका पुर्वी क्षेत्रहरुमा भईरहेको छ । जोनले यसअघि फिल्म ‘बाह् सत्ताइस’ को निर्देशन गरेका थिए ।

3

चलचित्रको शीर्षक सार्वजनिक भएसँगै निर्माता÷ निर्देशकलाई धेरैले राजेश हमालको गुणगान गर्न बनाउन लागेको सिनेमा हो ? भनेर सोध्ने गरेका छन् । तर सुटिङ भईरहेको चलचित्रका निर्माता तथा निर्देशकले फिल्मले राजेश हमाललाई एउटा बिम्बको रूपमा मात्र प्रयोग गरेको बताएका छन् । उनीहरूले फिल्म राजेश हमालको जीवनकथा नभई उनको व्यक्तित्वबाट प्रभावित हुने चरित्रको कथा रहेको बताएका छन् । निर्देशक जोन योञ्जन भन्छन–‘यो फिल्म राजेश दाइको व्यक्तित्वबाट प्रभावित हुने चरित्रको कथा हो । यो धेरैले सोचेभन्दा बिल्कुलै फरक छ ।’