सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने
2021/09/17, 9:39
 
crct

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् आज (शुक्रबार) विस्तार हुने भएको छ । आर्थिक मामिला मन्त्रीबाट प्रकाश बहादुर शाहले राजिनामा दिएपछि रिक्त रहेको मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति हुने भएको छ ।  नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आज मन्त्री नियुक्ति गरिने बताए ।

बिहिबार मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढी बाहिर रहेकाले आज (शुक्रबार) मुख्यमन्त्री भट्टले मन्त्री नियुक्त गर्ने र प्रदेश प्रमुखले सपथ ग्रहण गराउने कार्यक्रम रहेको एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले बताए । अर्थमन्त्रीका लागि तारा लामा तामाङको सम्भावना बलियो रहेको श्रोतले जानकारी दिएको छ ।

पार्टी विभाजनपछि पनि एमालेमै रहने निर्णय गरेका तत्कालिन आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले र अर्थराज्य मन्त्री अर्चना गहतराजले राजीनामा दिएपछी ती दुबै पद खाली रहेको थियो ।