
सुदूरपश्चिममा शनिवार थप ६४ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । शनिवार थप पुष्टि भएका मध्ये ५५ जना पुरुष र नौ जना महिला छन् । कैलालीका ११ जना, कञ्चनपुरका २१ जना, डडेल्धुराका २४ जना, बझाङका पाँच जना, डोटीका तीन जनामा कोरोना पुष्टि भएको हो । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई सय ५५ पुगेको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २३ जनामा कोरोना पुष्टि भएको छ भने अमरगढी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ ।

कैलालीको चुरे गाउँपालिकाका पाँच जना, धनगढी उप–महानगरपालिकाका दुई जना, गोदावरी नगरपालिकाका दुई जना, लम्की चुहा नगरपालिकाका एक जना र टीकापुर नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ । बझाङको बिथ्थडचिर र केदारस्यू गाउँपालिकाका दुई÷दुई जना तथा खप्तड छान्नाका एक जनामा कोरोना पुष्टि भएको छ । डोटीको जोरायल गाउँपालिकाका दुई जना र सायल गाउँपालिकाका एक जनामा कोरोना संक्रमण देखाएको छ । कञ्चनपुरको लालझाडीका १४ जना, महाकाली नगरपालिकाका तीन जना, पुनरवास नगरपालिकाका दुई जना, बेदकोट नगपालिकाका एक जना र कञ्चनपुरकै तर स्थानीय तह नखुलेका थप एक जनामा कोरोना पुष्टि भएको हो ।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई सय ५५ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढि कैलालीका ७८ जना, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका १६, डोटीका १३, बझाङमा १५, दार्चुलामा १२ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २६ जना निको भएर घर फर्किसकेका छन् ।
अहिलेसम्म धनगढीको प्रयोगशालाबाट दुई सय २७, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ ।

कैलालीः अहिलेसम्म सबैभन्दा बढी कैलालीका ७८ जना संक्रमित रहेका छन् । त्यसमा एक जनाको मृत्यु भएको छ भने ९ जना निको भएका छन् । ६८ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । एक जनालाई काठमाण्डौं रेफर गरिएको छ ।
कञ्चनपुरः कञ्चनपुरमा ५५ जना संक्रमित पुगेका छन् । यसअघि ३४ जना रहेकोमा शनिवार २१ जना थपिएका हुन् । उनीहरुमा एक जना निको भएका छन । ५४ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
डडेल्धुराः डडेल्धुरामा ३९ जना संक्रमित पुगेका छन् । यसअघि १५ जना रहेकोमा शनिवार एकै पटक २४ जना थपिएका हुन् । उनीहरुमा एक जना निको भएका छन् । ५ जना निको नभई डिस्चार्ज भएका छन् । ३३ जनाको उपचार भईरहेको छ ।
बाजुराः बाजुरामा २१ जनामा कोरोना पुष्टि भएको छ । उनीहरुमा एक जनाको मृत्यु भईसकेको छ । २० जनाको उपचार भईरहेको छ ।
अछामः अछाममा संक्रमितको संख्या १६ पुगेको छ । एक जना निको भएका छन् । दुई जनालाई निको नहुदैं अस्पतालबाट डिस्चार्ज गरिएको छ । १३ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
बझाङः बझाङमा १५ जना संक्रमित पुगेका छन् । यसअघि १० जना रहेकोमा शनिवार ५ जना थपिएका हुन् । उनीहरुमा सवैको उपचार भईरहेको छ । १४ जनाको प्रदेशभित्र र एक जनाको कर्णाली प्रदेशमा उपचार भईरहेको छ ।
डोटीः डोटीका १३ जना कोरोना संक्रमित पुगेका छन् । शनिवारमात्रै डोटीका थप तीन जनामा कोरोना पुष्टि भएको हो उनीहरु सवै उपचारत छन् । एक जना पनि हालसम्म निको भएका छैनन् ।
दार्चुलाः दार्चुलामा १२ जना संक्रमित पुगेका छन् । उनीहरुमध्ये एक जना निको भएका छन् । ११ जनाको उपचार भईरहेको छ ।
बैतडीः बैतडीमा ६ जना संक्रमित पुगेका छन् । उनीहरुमा एक जना निको भएका छन् । ४ जनालाई निको नभईकन अस्पतालबाट डिस्चार्ज भएका छन् । एक जनाको उपचार भईरहेको छ ।