सुदूरपश्चिम सरकार संविधानको पूर्ण पालना र कार्यान्वयनमा प्रतिबद्ध छ: मन्त्री जोशी
2021/09/19, 10:58
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानको अक्षरशः पालनामा राजनीतिक नेतृत्व, सरकार प्रमुख र नेपाली जनता इमान्दार हुनुपर्ने बताएकीछिन् ।
संविधान दिवसका अवसरमा आज दिईएको शुभकामना सन्देशमा उनले सात दशक लामो राजनीतिक संघर्षबाट प्राप्त संविधानले सामन्ती, निरंकुश, केन्दिकृत, राज्यव्यवस्थाद्धारा सिर्जित सबै प्रकारका असमानता, विभेद र उत्पीडनको अन्त्य गर्दै सहअस्तित्व, न्याय र समानताको माध्यमबाट नेपाली समाजलाई समृद्धिको मार्गमा अगाडी बढाउने लक्ष्य लिएको उल्लेख गरेकीछन् ।
जननिर्वाचित संविधानसभाद्वारा निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी भएको सातौँ बर्ष प्रवेशको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाई, दिदीबहिनीहरुमा मन्त्री जोशीले शुभकामना व्यक्त गरेकीछिन् ।
साथै मन्त्री जोशीले जारी गर्नु भएको शुभकामना सन्देशमा “सुदूरपश्चिम प्रदेश सरकार नेपालको संविधानको पूर्ण पालना, यसको कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । सबै खालका असमानता, वञ्चनाहरुको कानुन र नीतिबाटै सम्बोधन गर्दै लोककल्याणकारी राज्यको अनुभूति गराउने दायित्व प्रदेश सरकारको समेत हो ।”
2024/11/22, 3:32
2024/11/22, 3:30
2024/11/22, 3:28
2024/11/22, 3:22
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2021/12/15, 3:09
2023/05/19, 7:19
2020/06/24, 6:46