अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । आज गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहे पनि मनसुन निष्क्रिय रहेकाले अन्य क्षेत्रमा खासै पानी नपर्ने मौसमविद् सजिना शाक्यले बताए ।
आज पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ। अहिले नेपालमा भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव परेको छ । मौसमविद्ले अबको एक/दुई दिनको मौसम यस्तै रहने बताएका छन् ।
2024/11/22, 3:32
2024/11/22, 3:30
2024/11/22, 3:28
2024/11/22, 3:22
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2020/07/20, 11:50
2020/12/09, 8:28
2021/07/23, 10:12
2022/04/17, 10:53
2023/05/12, 12:01