
सुदूरपश्चिममा क्यान्सर अस्पताल सञ्चालनमा आउने भएको छ । व्यावसायी दुर्गाप्रसाद प्रसाईंले सुदूरपश्चिमको धनगढीमा क्यान्सर अस्पताल खोल्ने बताएका हुन् । धनगढीमा गरिएको पत्रकार सम्मेलनमा बी एण्ड सीका सञ्चालक समेत रहेका प्रसाईंले सो कुराको जानकारी गराएका हुन् ।

धनगढीमा अस्पताल सञ्चालन गर्नुपर्छ भन्ने यो क्षेत्रका आफ्ना साथीहरुको प्रस्ताव आएपछि अस्पतालको सम्भाव्यता अध्ययनकै क्रममा आफू धनगढी आएको प्रसाईंले बताए। झापामा सुविधासम्पन्न क्यान्सर अस्पताल सञ्चालनमा आएपछि काठमाडौं र सुदूरपश्चिममा पनि सुविधासम्पन्न अत्याधुनिक क्यान्सर अस्पताल खोल्ने आफ्नो योजना रहेको उनले बताए।
अहिले अस्पताल निर्माण र सञ्चालनका लागि उपयुक्त ठाउँमा जग्गाको खोजी भइरहेको उनले बताए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/11/19, 2:40
2021/05/02, 11:16