सेती प्रयोगशालामा  २२ जनामा कोरोना पुष्टि
2021/09/23, 3:58
 
dd

सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा बिहिबार २२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  ८९  जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा २२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ जना संक्रमित निको भई घर फर्किएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

उनका अनुसार हाल अस्पतालमा १३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ३ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ