बैतडीमा व्यापारी मृत्यु प्रकरणः ५ जना प्रहरीको नियन्त्रणमा
2021/09/23, 4:10
 
dd

बैतडीमा व्यापारीको मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रहरीले पाँच जना स्थानीयलाई नियन्त्रणमा लिएको छ। सुर्नया गाउँपालिकाको सन्सेरीमाण्डौँका व्यापारी कमलसिंह महरा मृत फेला परेपछि सो घटनाको अनुसन्धानका लागि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएकाहरुको नाम भने प्रहरीले खुलाएको छैन। 

उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता दर्शन खड्काले  बताए। सुर्नयाको सन्सेरीमाण्डौँ बजारमा मासु पसल सञ्चालन गर्दै आएका सुर्नया–४ लेकडाँडाका ४५ वर्षीय महरा आज मृत फेला परेका थिए। उनको शव बिहीबार बिहान स्थानीयले देखेका थिए। प्रहरीलाई खबर गरेपश्चात इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थलमा पुगेको थियो

। मृतक महराको टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ।  मृतकको टाउको, छाति र शरिरका विभिन्न भागमा चोटपटक रहेकाले घटनाको सुक्ष्म ढंगबाट छानविन गरिनुपर्ने स्थानीयले माग गरेका छन्।