बैतडीको सुर्नया गाउँपालिका–४ शनसेरीमाण्डौमा व्यापारी कमलेसिंह महरा मृत्यु प्रकरणमा ४ आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्नया गाउँपालिका– ५ हरिचनका २६ वर्षीय रामबहादुर मडै, सुर्नया– ४ का हरिशसिंह महरा, रामबहादुर महरा र शंकरसिंह महरा रहेका छन् । उनीहरुले फलामको रडले हानेर महराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
रामबहादुरसँग वादविवाद हुँदा महराको हत्या गरेका खुल्न आएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । बुधबार बिहान महराको शव चोटपटक लागेको अवस्थामा फेला परेको थियो । प्रहरीले अनुसन्धानका लागि सोमबार नै ७ जनालाई नियन्त्रणमा लिएको थियो ।
३ जनालाई सोधपुछ पछि छोडेको छ । अन्य ४ जनामाथि भने जिल्ला अदालत बैतडीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।