नवजीवन अस्पतालले भन्यो—विशेषज्ञको हर प्रयासबाट पनि सुत्केरीलाई बचाउन सकिएन्
2021/09/26, 1:58
 
dd

कैलालीको धनगढीस्थित नवजीवन अस्पतालले विशेषज्ञ चिकित्सहरुसहित हरसम्भव प्रयास गर्दा पनि सुत्केरी महिलालाई बचाउन नसकिएको जनाएको छ । आइतबार विहान डोटी शिखर—०६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको उच्च रक्तस्राव भएपछि मृत्यु भएको थियो । त्यसपछि नवजीवन अस्पतालमा तनाव भएको थियो ।

तनाव भएपछि अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनलाई शनिबार विहान १० बजे पेट दुखेर अस्पताल भर्नाको भएको ३९ हप्ताकी गर्भवती मल्लको पाठेघरको मुख नरम मात्रै भएर एक घर खुलेको र औषधीले अर्को घर खुलाइएको उल्लेख गरेको छ । त्यसपछि बच्चाको धडकन कम हुँदैं गएको र आमामा बच्चा जन्माउने बल नपुगेपछि भ्याकुम प्रयोग गरेर ११:४४ मा डेलिभरी गराइएको थियो ।

त्यसक्रममा पाठेघरको मुख फराकिता बनाउन इपिसियोटोमी एक्सटेन्डेड टियर दिइएको अस्पतालले जनाएको छ । इपिसियोटोमी एक्सटेन्डेड टियरलाई सिलाउनका प्रयास गर्दा उनले असहज महसुस गरेपछि एनेस्थेसियालाई बोलाएर टाका सिलाउने काम गरिएको र त्यसक्रममा अत्याधिक रक्तस्राव भएको थियो ।

रक्तस्राव नरोकिएपछि अन्य विभिन्न प्रयास गर्दा पनि बिरामीलाई कार्डियाक एरेष्ट भएर मृत्यु भएको र उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । गर्भवती भएदेखि नै मल्ल नियमित रुपमा नवजीवन अस्पतालमा गर्भजाँच गराउँदैं आएकी थिइन् ।

1