कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकालाई प्रत्यक्षरुपले सडक सञ्जालमा जोडने उद्देश्यका साथ निर्माणहुन लागेको महाकाली चार लेनको पुल हाल आएर सुदुरपश्चिमकै लागि आर्थिक ‘हब’को रुपमा हेर्न लागिएको छ । बिभीन्न पक्षबाट यो पुलको आफ्नै महत्व छ ।
पुलदेखि करिब एक किलोमिटर पश्चिममा ठूलो आर्थिक गतिविधी केन्द्र शुख्खा बन्दरगाह निर्माण निश्चित छ । पूल निर्माण सम्पन्न पछि देशकै एउटा ठूलो पर्यटकिय स्थल पनि बन्ने छ । निर्माण सम्पन्न नहुदै गड्डाचौकी देखि पुल जोडने ६ लेनको सडक भाइरल नै भयो । छोटो समयमा भाइरल रोड नामले प्रसिद्ध हुन पुगेको छ ६ लेन सडक । हुन पनि युरोप अमेरिकाका चिल्लो सडक जस्तै छ सडक । सडक निर्माण ५० प्रतिसत मात्रै भएको छ । अहिले देखि नै चर्चामा आएको महाकाली पुल र ६ लेन सडकको ड्रोन क्यामेराबाट इन्जिनियर किशोर पाण्डेयले लिएको तस्वीर हेर्नुस ।