सेती प्रयोगशालामा ११ जनामा कोरोना पुष्टि
2021/09/27, 5:37
 
dd

सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा सोमबार ११ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  १२२   जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ जना संक्रमित निको भई घर फर्किएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

उनका अनुसार हाल अस्पतालमा ९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ३ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।