१० बुँदे कार्यान्वयन गर्ने कार्यदलको संयोजकमा भीम रावल
2021/09/28, 10:57
 
dd

नेकपा एमालेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने कार्यदलको संयोजक उपाध्यक्ष भीम रावललाई बनाएको छ । आज च्यासलस्थित तुल्सिलाल प्रतिष्ठानमा बसेको बैठकले यसअघि नै बनेको कार्यदलको संयोजक रावललाई बनाइएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

“अध्यक्ष कमरेडको निर्देशनमा कार्यदलको संयोजकमा भीम रावल कमरेडलाई तोकिएको छ । कार्यदलमा ६ जना हुनुहुन्थ्यो । त्यसमा एक जना थपेर ७ जना बनाइएको छ । कमरेड शंकर पोखरेललाई पनि थपिएको छ ।कार्यदलको बैठक रावल कमरेडले भोलि नै बोलाउनुभएको छ,” उनले भने ।

१० बुँदे कार्यान्वयन नभएकोमा सहजीकरण गर्ने उनले बताए । त्यस्तै बैठकले जनसंगठनको समस्या, विधान महाधिवेशन हल गर्न महासचिव ईश्वर पोखरेलको कार्यदललाई निर्देशन दिएको छ ।  तलको समस्या हल गर्ने, विभागको समस्या हल  गर्ने, केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजनको प्रस्ताव गर्ने, केन्द्रीय कमिटीमा थप्नुपर्ने सदस्यहरूको गृहकार्य गर्ने जिम्मेवारी रावल नेतृत्वको कार्यदलले पाएको छ ।

सुदूरपश्चिम इन्चार्जको विषयमा रावल र स्थायी कमिटी सदस्य लेखराज भट्टबीच विवाद छ । दुवैलाई एउटै कमिटीमा राखिएको छ । विवाद मिलाउने जिम्मा कार्यदललाई दिएको भट्टराईले जानकारी दिए ।