सुदूरपश्चिममा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६४ पुग्यो
2020/06/14, 4:27
 
korona

सुदूरपश्चिममा थप ९ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा परिक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या २६४ पुगेको छ आईतबार परिक्षण गरिएा मध्ये डोटीका ४, अछामका तीन र कैलालीका दुई जनामा कोरोना पुष्टि भएको हो । त्यसमा दुई महिना र सात पुरुष रहेका छन् । 

अहिलेसम्म सबैभन्दा बढि कैलालीका ८० जना, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका १९, डोटीका १७, बझाङमा १५, दार्चुलामा १२ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २१ जना निको भएर घर फर्किसकेका छन्।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट दुई सय ३६, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ।