
रबिन खड्काको ‘माया बिना’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ। भिडियो भकारी नामक युट्युव च्यानलबाट सार्वजनिक भएको हो । भिडियोमा कलाकार प्रकाश बस्नेत र प्रमिला खनालले अभियन गरेका छन् । भिडियोमा सन्तान सुखको अभावमा पति र पन्तीबीचको सम्बन्धमा आएको दूरीलाई निकै मार्मिक ढंगले देखाइएको छ।
सन्तान प्राप्ति हुँदै गर्दाको पति र पत्नीबीचको खुसी र प्राप्त नहुँदाको सम्बन्धमा आएको दूरीलाई यौवनदेखि बुढेसकालसम्मको अवधिलाई भिडियोमा सुन्दर ढंगले उतारिएको छ। रबिन खड्काको शब्द र संगीतमा गायक बाबुल गिरी र संगिता थापा मगरको स्वर रहेको छ।
गीतको एरेञ्जरमा विनय कार्की, मिक्सिङमा बाबुल गिरि रहेका छन्। साथै, भिडियो छायांकन ज्ञानेन्द्र शर्मा हुमागाई तथा सम्पादकमा नवीन निरौला छन्। भिडियोको निर्देशन सुबोल थापाले गरेका छन् भने गीत रेकर्डिङ आरोही इन्टरनेइन्मेन्टमा गरिएको हो।

2025/05/23, 12:33
2025/05/23, 12:31
2025/05/23, 12:30
2025/05/23, 12:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/27, 7:04
2021/05/16, 11:10
2021/12/14, 12:33