
पर्वत जिल्लाकाे कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारीमा गएराति पहिरोमा पुरिएका ९ जनामध्ये थप २ जनाको शव भेटिएको छ । उनीको पहिचान भने हुन बाँकी रहेको छ ।

यससँगै पहिराेमा परी मृत्यु हुनेकाे संख्या ८ पुगेकाे छ ।अझै १ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घरभन्दा माथिबाट आएको पहिरोले दुई घर पुरिँदा दुवै परिवारका ९ जना पहिराेमा पुरिएका थिए ।
पहिरोमा पुरिएका मध्ये ५८ वर्षीय तुलबहादुर थापा,उनकी श्रीमती मीनकुमारी थापा र नातिनि विविशा थापा, दिपा थापा र अर्को परिवारका कमला विक र प्रमिशा विकको शव भेटिएको हो । थापा १ जनाको खोजीकार्य जारी रहेको जनाइएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/03/02, 10:27
2021/07/20, 10:32
2022/04/06, 6:10
2021/02/07, 10:43