एमाले विधान महाधिवेशनको अध्यक्ष मण्डलबाट भीम रावल ‘आउट’
2021/10/01, 4:50
 
dd

नेकपा एमालेको विधान महाधिवेशन सुरु भएको छ । विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीसहित सात सदस्यीय अध्यक्षमण्डल गठन भएको छ ।  युवराज ज्ञवाली र अष्ठलक्ष्मी शाक्य समेटिएका छन् भने स्थायी कमिटी सदस्यहरु सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा समेटिएका छन् ।

नेकपा माओवादी केन्द्र छोडेर आएपछि स्थायी कमिटी सदस्य बनाइएका रामबहादुर थापा पनि समेटिएका छन् । तर, उपाध्यक्ष भीम रावल भने अध्यक्ष मण्डलमा समेटिएका छैनन् । माधव नेपाल समूह छोडेर एमालेमा बसेपछि १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने, पार्टीलाई २०७५ साल जेठ दुई कै परिस्थितबाट अघि बढाउनुपर्ने र आफूले पाएको पुरानो जिम्मेवारी सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी फिर्ता हुनुपर्ने बताउँदै आएका छन् ।

तर, अध्यक्ष ओलीले भने आफूले लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिइसकेको भन्दै उनको जिम्मेवारी फिर्ता नहुने बताएका छन् । माधव नेपालको टिम छोडर एमालेका बसेका १० स्थायी कमिटी सदस्यहरुलाई अघिल्लो केन्द्रीय कमिटी बैठकले गठन गरेका समूहहरुमा पनि नेतृत्व दिइएको थिएन ।