कैलालीमा कांग्रेसको वडा अधिवेशन दसैंपछि हुने
2021/10/03, 10:56
 
dd

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कैलालीमा वडा अधिवेशन दसैँपछि मात्रै हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले कैलालीमा वडा अधिवेशन दसैँपछि मात्रै हुने जनाएको हो।

केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले दसैं सुरू हुन अब केही दिनमात्रै बाँकी रहेको बताउँदै दसैंअघि नै अधिवेशन हुने सम्भावना नरहेको बताए। जिल्ला सभापति नरनारायण शाह मनुले पनि दसैँपछि मात्रै अधिवेशन हुने बताए। ‘सदस्यको नामावली सार्वजनिक भइसकेको छ,’ शाहले भने, ‘अब विवाद त कुनै क्षेत्रमा छैन। तर समय अभवका कारण दसैँपछि मात्रै अधिवेशन हुन्छ।’

कैलाली निर्वाचन क्षेत्र नम्बर १, २ र ४ मा सदस्यता विवाद रहेकोमा विवाद समाधान गर्दै नामावली सार्वजनिक रिएको दाबी शाहको छ। जिल्ला उपसभापति प्रकाश बमले पनि छलफल गरेरै निर्वाचन समितिले दसैँपछि अधिवेशन गर्ने टुंगो लगाएको बताए। एकमात्र निर्वाचन क्षेत्र भएका सुदूरपश्चिमका बाजुरा लगायतका जिल्लामा भने जिल्ला तहको नेतृत्व चुनिँदैछ।