भारतीय मिडियाहरूलाई साहित्यकार मनिराज जोशीको जवाफः ‘सानो भनेर नगरे अव हेपचेप’
2020/06/14, 9:34

सानो सियो छ तर सिल्दछ एक पार्छ ।
सानो छ अग्नि तर काष्ठ हजार बाल्छ ।
सानो छ अंकुश बुझौं तर हात्ती ढाल्छ ।
सानो छ बीज लहरा तर ब्योम चाल्छ ।
सानो भनेर नगरे अव हेपचेप ।
सानो सँगै छ बल बुद्धि तथा विवेक ।

सानो छ हेर जलबूँद हुनेछ सिन्धू ।
सानो छ देख्दछ सबैतिर नेत्र बिन्दू ।
सानो छ किट कमिला तर हात्ती डर्छ ।
सानो छ बाहन उडेर कमाल गर्छ ।
सानो हुँदै ध्रुव भए नभ केन्द्र तारा ।
सानो छ बन्दछ परन्तु सदा सहारा ।
पानी दिदैछ प्रिय पात्र भएर धारा ।
ठूलो समुद्र छ बनेन कतै सहारा ।
ठूलो छ फेद तर फल्दछ मात्र सानो ।
राख्दै छ बन्धन मधुकर एक रानो ।
सानो छ स्वर्ण तर मूल्य छ लाख लाख ।
ठूलो फलाम तर मूल्य भएन लाख ।
ठूलो बनेर जब रावण राज गर्छ ।
आएर बाँदर कुटेर पिटेर मर्छ ।

(यो कविता वसन्ततिलका छन्दमा रचना गरिएको छ ।)
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/14, 3:54
2023/08/08, 1:07
2020/07/25, 6:42
2020/12/17, 12:02