
धनगढी उपमहानगरपालिकाको वडा नम्बर १५ मा ४ कोठे विद्यालय भवनको आज शिलान्यास गरिएको छ ।

उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले श्री जनजागृती आधारभूत विद्यालय हाता भित्र मंगलबार दुई तले चारकोठे भवनको शिलान्यास गरेका छन । भवन शिलान्यास गर्दै मेयर वडले उपमहानगरपालिकाको शिक्षा योजना अन्तर्गत वडा नम्बर १५ मा रहेको विद्यालयमा भवन निर्माण गर्न लागेको बताए ।
उनले भवन निर्माण पछि विद्यालयमा भवनको अभावमा विद्यार्थीलाई पढ्न समस्या नहुने बताए । श्री उमा इन्फ्रा बिल्डर्स प्राली धनगढीले उपमहानगरपालिकासंग मूल्य अभिबृद्धी कर सहित ५६ लाख ६ हजार ८६१ रुपैयामा २०७९ मंसिर मसान्तसम्ममा निर्माण सम्पन्न हुनेगरी उक्त भवनको ठेक्का सम्झौता गरेको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 6:38
2021/02/10, 2:18
2021/09/11, 9:15
2023/05/06, 11:55
2020/08/29, 12:09