सेती प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि
2021/10/07, 3:46
 
dd

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा  बिहीबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३८ जनाको नमूना परिक्षण गरिएकोमा ६  जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

सो अवधिमा अस्पतालमा १ जना भर्ना भएका छन्, भने १ जना डिस्चार्ज भएका छन् । हाल अस्पतालमा ५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ३ जनाको आइसियुमा उपचार भईरहेको जनाएको छ ।