
बडादशैँ अन्तर्गत नवरात्रको आज चौँथो दिन कुष्माण्डा भगवतीको विशेष पूजा गरिदैछ।

भगवती दूर्गाको कूष्माण्डा शक्तिबाट नै ब्रह्माणको उत्पत्ती भएको धार्मिक विश्वास छ। सूर्य मण्लमा निवास रहेको र सेतो कुभिण्डोको जस्तो रुप भएका कारण भगवतीलाई कूष्माण्डा भनिएको हो।
कुष्माण्डा भगवतीका लागि कुभिण्डोको वलि अति प्रिय मानिएको छ। चौथो दिन यिनको पूजाले मनुष्यले आयु, यश, बल, आरोग्यता प्राप्त हुने मान्यता छ।

चतुर्थ शक्तिको पूजाले वायु तत्वको सन्तुलन शरीरमा ठीक हुने शास्त्रीय वचन छ। पूजापछि माल पूवाको प्रशाद चढाउँने र बाँढेर खानाले बुद्धि दिमाग तीब्र हुने धार्मिक अध्येताहरू बताउँछन्।
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/25, 9:19
2020/12/17, 1:52
2021/07/28, 9:30
2022/04/27, 1:47
2023/01/28, 2:56