
सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अभि मिडिया इभेन्ट्स एण्ड स्पोटर्स प्रा.लि. को आयोजनामा धनगढीमा फारवेस्ट मिक्स टेप नाइट २०२१ को आयोजन हुने भएको छ । धनगढीको उत्तरबेहडीमा अवस्थित आफ्नो घर टेम्पल रिसोर्टमा आज असोज २५ गते सोमबार साँझ ६ बजे कार्यक्रमको आयोजना हुने भएको हो ।
टुबर्ग नेपालद्धारा प्रस्तुत फारवेस्ट मिक्स टेप नाइट २०२१ मा कमेडियन हिक्मत महरा, कमेडियन दीपेन्द्र ओली र कमेडियन दर्पण शर्माको प्रस्तुति रहने आयोजक प्रतिनिधि दिनेश भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार अभि मिडिया इभेन्ट्स एण्ड स्पोटर्स प्रा.लि. ले आयोजना गरेको कार्यक्रममा रिदम व्याण्ड धनगढीको संगित रहने छ भने डिजे कलपीतले डिजे सञ्चालन गर्ने छन् ।
साथै कार्यक्रम आयोजक प्रतिनिधि भण्डारीले कोरोना कहरको लामो समय पश्चात् हाँस्न र रमाउन चाहने दर्शक श्रोताहरूको लागी सो कार्यक्रमको आयोजना गरिएको बताउँदै पायक पर्ने सम्पूर्ण मानुभावहरुलाई उपस्थित भई दिन हुन अनुरोध गरेका छन् ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/04/28, 1:27