जिम्मेवारी बाडफाँडप्रति माओवादीका नेताहरुको चर्को असन्तुष्टि
2021/10/11, 2:04
 
dd

नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठकले गरेको सुदूरपश्चिममा जिम्मेवारी बाडफाँडलाई लिएर माओवादी नेताहरुको चर्को असन्तुष्टि सतहमा देखिएको छ । सुदूरपश्चिमका सिनियर र युद्ध लडेका अधिकांश नेताहरुलाई स्थायी बैठकले जिम्मेवारी र भूमिका बिहीन बनाईरहदा कम योगदान र जुनियर नेताहरुलाई महत्वपूर्ण जिम्मेवारी र भूमिका दिएको भन्दै सुदूरपश्चिमका माओवादी नेताहरुले चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।

यसरी असन्तुष्टि व्यक्त गर्नेहरुमा रेणु चन्द, देवराज रेग्मी, हरी चौधरी उत्सव, ओम बिक्रम भाट सरल, नरेन्द्र कुवँर बिजय सुन्दर, लाजुराम चौधरी अंकित, जंग बिक लगायत दर्जनौ नेताहरु छन् ।बिगतमा कतिपय फरक समूहमा रहेका नेताहरु पनि यतिबेला स्थायी कमिटिका निर्णयका बिरुद्ध एक ठाउमा उभिएका छन् ।

माओवादी नेता उत्सवले स्थायी कमिटिको निर्णय प्रति असहमती व्यक्त गर्दै तत्काल प्रदेश कमिटिको बैठक बोलाउन माग गरेका छन् । स्थायी कमिटिको बैठकले जिम्मेवारी बाडफाँडको निर्णय नसच्याए सुदूरपश्चिममा माआवादी केन्द्रका नेताहरु सामूहिक रुपमा बिद्रोह वा समानान्तर कमिटि गठन गर्ने विषयमा छलफलमा जुटेको एक नेताले बताए । “हामी विद्रोह वा समानान्तर कमिटि गर्ने विषयमा छलफल गरिरहेका छौ,” उनले भने, “दशैं लगत्तै हामी निर्णय गर्छौ ।” यस्तै लाजुराम चौधरीले पनि असहमती जनाएका छन् । “हिजो युद्ध लडेकाहरुको योगदान र क्षमताको अवमूल्यन गर्ने गरी स्थायी कमिटिले आफ्ना मान्छेहरुलाई खुशी बनाउने गरी जिम्मेवारी बाडफाड गर्यो । यो निर्णय हामीलाई मान्य छैन,” चौधरीले भने, यसमा हाम्रो असहमती छ ।”

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुहारी बिना मगरलाई सहईञ्चार्ज बनाएकोमा पनि पार्टीभित्र तिब्र असन्तुष्टि देखिएको छ । त्यस्तै पूर्व राम बहादुर थापा बादल समूहका तर्फबाट पम्फा भुसालको सिफारिसमा देवीलाल चौधरीलाई जिम्मेवारी दिएको एक नेताले आरोप लगाए । “यस्ता निर्णयले पार्टीलाई बिघट्नको संघारमा पु¥याउने निश्चित छ,”माओवादीका एक नेताले भने, पार्टीले यो निर्णय तत्काल सच्याउनुपर्छ । योगदान र क्षमताका आधारमा जिम्मेवारी दिनुपर्छ । होईन भने कि बिद्रोह गर्छौ । कि समानान्तर कमिटि गठन गर्छौ । अव हामी चुप लागेर बस्दैनौ ।”