सुदुरपश्चिमका २६४ जना कोरोना संक्रमित, दुई जनाको मृत्यु, ३० जना डिस्चार्ज, २३४ उपचारत कुन जिल्लामा कति ? (जिल्लागत विवरण सहित) 
2020/06/15, 10:40
 
korona

सुदूरपश्चिममा आईतबार थप ९ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ९ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । आईतबार थप  पुष्टि भएका मध्ये ७ जना पुरुष र दुई जना महिला  छन् । कैलालीका दुई जना दुई बर्षीया बालिका र ५६ बर्षीय पुरुष, डोटीमा एक महिला र तीन पुरुष चार जनामा २१ बर्षीया महिला, २८, ३० र ३७ बर्षीय पुरुष, अछाममा तीन जना २३, २७ र ३१ बर्षीय पुरुष, रहेका छन् । 

११ जना, कञ्चनपुरका २१ जना, डडेल्धुराका २४ जना, बझाङका पाँच जना, डोटीका तीन जनामा कोरोना पुष्टि भएको हो ।  यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई सय ५५ पुगेको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २३ जनामा कोरोना पुष्टि भएको छ भने अमरगढी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई सय ६४ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीका ८० जना, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका १९, डोटीका १७, बझाङमा १५, दार्चुलामा १२ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने ३० जना निको भएर घर फर्किसकेका छन् ।
अहिलेसम्म धनगढीको प्रयोगशालाबाट दुई सय २७, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ ।

कैलालीः अहिलेसम्म सबैभन्दा बढी कैलालीका ८० जना संक्रमित रहेका छन् । त्यसमा एक जनाको मृत्यु भएको छ भने ९ जना निको भएका छन् । ७० जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । एक जनालाई काठमाण्डौं रेफर गरिएको छ ।

कञ्चनपुरः कञ्चनपुरमा ५५ जना संक्रमित पुगेका छन् । यसअघि ३४ जना रहेकोमा शनिवार २१ जना थपिएका हुन् । उनीहरुमा ५ जना निको भएका छन । ५० जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । 

डडेल्धुराः डडेल्धुरामा ३९ जना संक्रमित पुगेका छन् । यसअघि १५ जना रहेकोमा शनिवार एकै पटक २४ जना थपिएका हुन् । उनीहरुमा एक जना निको भएका छन् । ५ जना निको नभई डिस्चार्ज भएका छन् । ३३ जनाको उपचार भईरहेको छ । 

बाजुराः बाजुरामा २१ जनामा कोरोना पुष्टि भएको छ । उनीहरुमा एक जनाको मृत्यु भईसकेको छ । २० जनाको उपचार भईरहेको छ । 

अछामः अछाममा संक्रमितको संख्या १९ पुगेको छ । एक जना निको भएका छन् । दुई जनालाई निको नहुदैं अस्पतालबाट डिस्चार्ज गरिएको छ । १६ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

बझाङः बझाङमा १५ जना संक्रमित पुगेका छन् । यसअघि १० जना रहेकोमा शनिवार ५ जना थपिएका हुन् । उनीहरुमा सवैको उपचार भईरहेको छ । १४ जनाको प्रदेशभित्र र एक जनाको कर्णाली प्रदेशमा उपचार भईरहेको छ । 

डोटीः डोटीका १६ जना कोरोना संक्रमित पुगेका छन् । शनिवारमात्रै डोटीका थप तीन जनामा कोरोना पुष्टि भएको हो उनीहरु सवै उपचारत छन् । एक जना पनि हालसम्म निको भएका छैनन् । 


दार्चुलाः दार्चुलामा १२ जना संक्रमित पुगेका छन् । उनीहरुमध्ये एक जना निको भएका छन् । ११ जनाको उपचार भईरहेको छ । 

बैतडीः बैतडीमा ६ जना संक्रमित पुगेका छन् । उनीहरुमा एक जना निको भएका छन् । ४ जनालाई निको नभईकन अस्पतालबाट डिस्चार्ज भएका छन् । एक जनाको उपचार भईरहेको छ ।