
सीपी परियारको धान है काट्ने हसिया बोलको गीत दशैँको अवसर पारेर सोमबार सार्वजनिक गरिएको छ । गीतमा शब्द र संगीत परियारकै रहेको छ भने उक्त गीतमा गायिका रचना रिमालले साथ दिएकी छिन् ।

भिडियोमा चर्चित कलाकार पुष्प खड्का र गरिमा शर्माको अभिनय रहेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको रमणीय स्थान पाईलट बाबामा यांकन गरिएको उक्त गीतको निर्देशन जीबी आग्री र नृत्य निर्देशन दिपक एम सिंहले गरेका हुन् ।
मौलिक शैलीको यो गीतमा शब्द र लय गायक स्वयंम सीपी परियारले गरेका छन् । परियारको यसअघि तिम्रो माया मा फिट भए म, इलिगल माया, सुवा लगायतका गीत सार्वजनिक भइसकेका छन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15