सुदूरपश्चिममा प्रधानमन्त्री देउवाको यस्तो छ कार्यतालिका
2021/10/21, 9:40
 
Co

 प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबानले निम्त्याएको क्षति निरीक्षणका लागि आज गृहप्रदेश सुदूरपश्चिम आउने भएका छन्। प्रधानमन्त्री देउवा बिहीबार सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका क्षति निरीक्षणका लागि आउन लागेका हुन्।

टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेतात्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि हुनेछन्। प्रधानमन्त्री देउवासहितको टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अहिले बिहान ८ बजे हेलिकोप्टरमार्फत उड्नेछ ।

काठमाडौंबाट सुर्खेत हुँदै टोली मन्त्री आले र पूर्वमन्त्री बलायरको गृहजिल्ला डोटी जाने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ। डोटीमा बाढीपहिरोबाट हुन गएको क्षतिको निरीक्षणपछि उक्त टोली बझाङ हुँदै बैतडी जाने बताइएको छ। त्यहाँबाट प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिका र पर्शुराम नगरपालिका हुँदै टोली पूर्वमन्त्रीद्वय साउद र लेखकको गृहजिल्ला कञ्चनपुर जाने सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको टोली कञ्चनपुरमा बाढीपहिरो र डुबानले पुर्याएको क्षतिको निरीक्षण गरेर बेलुकी सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा बास बस्ने कार्यतालिका छ। कैलाली कांग्रेसले मौसम अनुकूल भए शुक्रबार प्रधानमन्त्री देउवाले कैलारी गाउँपालिका, भजनी नगरपालिका र टीकापुर नगरपालिकाको दक्षिणी भेगको निरीक्षण गर्ने जनाएको छ। प्रधानमन्त्री देउवा शुक्रबार संघीय राजधानी काठमाडौं फर्किने छन्

अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी सुदूरपश्चिममा २८ जनाको मृत्यु भएको छ। २२ जना बेपत्ता छन्।

कार्यतालिका :