धनगढीमा आमाको मृत्यु, भारतको चेन्नईमा छोरा क्रियामा
2020/06/15, 8:15
 
korona

धनगढी उपमहानगरपालिका–१२ जुगेडा ए गाउँका ४३ वर्षीय नारायण सञ्जेल भारतको चेन्नईमा दुई महिनादेखि लकडाउनमा फसेका छन् । आईतवार उनकी ८२ वर्षीया आमाको उता घरमा निधन भयो । उनको आमाको मुख हेर्ने धोको त पुरा भएन । न त उनले दागबत्ती नै दिन पाए । न त पीडा नै व्यक्त गर्न पाए ।

उता धनगढीमा आमाको अन्त्येष्टि भईरहदा यता उनी पनि हिन्दु संस्कार अनुसार क्रियामा बसे । पाँच दाजुभाई मध्ये नारायण बिगत तीन वर्षदेखि चेन्नईको मदुराईमा काम गर्दै आएका छन् । पछिल्ला पटक उनी सात महिना अघि मदुराई पुगेका थिए । होर्डिङ बोर्ड कम्पनीमा काम गर्ने करीव ४० जना साथीहरुसंग उनी पनि दुई महिना यता लकडाउनमा फसेका छन् ।

रेल सेवा चलेको छैन । बस यहाँबाट नेपाल जादैन । जस कारण उनीहरु यही अलपत्र परेका हुन् । सञ्जेलसँग रहेका वुद्धि लामाले क्रिया आफूहरुको उद्दार गरिदिन नेपाल सरकार र सुदूरपश्चिम प्रदेश सरकारसंग आग्रह गरेका छन् ।