कैलालीमा विप्लवद्वारा दिउँसै प्रदर्शन
2020/06/15, 8:17
 
korona

सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कैलालीमा दिउँसै प्रदर्शन गरेको छ । राष्ट्रियताको पक्षमा एक्यवद्धता जनाउँदै जिल्लाको गौरीगंगा–८ बढैपुरमा सोमबार दिउँसो प्लेकार्ड सहित प्रदर्शन गरिएको हो । उनीहरुले ‘रङ्गभेदको आधारमा मारिएका अमेरिकी नागरिक जर्ज फ्लोइडका हत्यारालाई कार्वाही गर’, ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’, ‘जातियताका आधारमा मारिएका रुकुम चौरजाहारीका अपराधीलाई कार्वाही गर’, ‘अपराधीलाई राजनैतिक पक्षपोषण बन्द गर’, ‘कथित कम्युनिस्ट सरकार राजिनामा दे, ‘एमसिसिको पक्षमा मतदान गर्ने सभासदलाई जिल्ला प्रवेशमा निषेध गरांै’, लगायतका चर्को नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका थिए ।

 
नगर कमिटी गौरीगंगाको आयोजनामा भारतको पक्षमा काम गर्ने राष्ट्रघाती सरिता गिरीको विरोधमा प्रदर्शन गरेको (नेकपा) का नगर सचिव साजनले बताए । रुकुम पश्चिमको घटना, अमेरिकामा भएको रंगभेद र एमसिसिको विरोधमा पार्टीको विरोध रहेको भन्दै सरकारले वैदेशिक हस्तक्षेप हुने राष्ट्रविरोधी सम्झौता गर्न लागेकाले निरन्तर विरोध जारी रहन उनले बताए । प्रतिबन्धित पार्टीको विरोध प्रदर्शनको क्रममा प्रहरीको उपस्थितले र्यालीमा सहभागी करिब ३०÷३५ जना विप्लवका कार्यकर्ता तितरबितर भएका थिए ।