सुदूरपश्चिमका लागि युरोपमा सहयोग जुटाउदै सुदूर पश्चिमकी चेली
2020/06/15, 8:22
 
korona

गैरआवासीय नेपाली संघ युरोपकी महिला संयोजक योगिता थापाले सुदूर पश्चिममा कोरोना रोकथाम र नियन्त्रणका युरोपमा सहयोग जुटाउन अभियान सञ्चालन गरेकी छन् । हाल बेल्जियममा व्यवसाय सञ्चालन गर्दै आएकी थापाले कोरोनाको संक्रमण तिव्र गतिमा फैलिरहेको सुदूरपश्चिममा कोरोनाको रोकथाम र नियन्त्रणका लागि युरोपबाट सहयोग जुटाउन थालेकी हुन् ।

ह्युमानिटी फाउण्डेसन मार्फत केही दिनअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई सय थान ¥यापिड किट हस्तान्तरण गरेकी थिईन । कञ्चनपुरमा जन्मिएकी थापा यतिबेला मध्यपूर्वमा लकडाउनमा फसेका नेपाली महिलाहरुको उद्धार तथा सुदूरपश्चिममा कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि युरोपमा सहयोग जुटाईरहेकी छन् । उनले युरोपका बिभिन्न देशमा रहेका गैर आवासीय नेपाली संघ महिला  बिभागका पदाधिकारीहरुसंग समेत सहयोगका लागि छलफल गरिसकेकी छन् ।  

खाडी मुलुकमा मात्र नभएर युरोपका कतिपय देशमा समेत नेपाली महिलाहरु अलपत्र परेका छन्, थापाले भनिन्, उनीहरुको उद्दारका लागि हामी चिन्तित छौ । त्यसका लागि बिभिन्न देशका महिला  विभागका पदाधिकारीहरुसंग छलफल गर्नुका साथै सहयोगका लागि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिसंग समेत आग्रह गरेकी छु । उनले आफ्नो जन्मभूमिका लागि सहयोगका लागि युरोप तथा अमेरिकामा रहेका नेपालीहरुसंग आग्रह गरेको बताईन ।