
चलचित्र ‘म राजेश हमाल’को छायांकन सकिएको छ । यो चलचित्रको छायांकन ५० दिनमा सकिएको निर्माणपक्षले बताएको छ । जोन योञ्जनको निर्देशनमा तयार भएको यो चलचित्रको सम्पूर्ण छायांकन कैलालीमा गरिएको छ ।

राजेश हमाल एक सुपरस्टार मात्र नभएर इमोसन पनि हो भन्ने कथामा यो चलचित्र बनेको निर्माता केदार भुसालले जानकारी दिए । चलचित्रमा सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, अस्मिता लामिछाने, एवनराज उप्रेती, सञ्जोग रसाइलीको अभिनय रहेकाे छ भने अतिथि भूमिकामा नायक आर्यन सिग्देल पनि रहेका छन् ।
यो चलचित्र राजेश हमालको बायोग्राफी नभएको निर्माता भुसालले बताए । अनुज हमाल कार्यकारी निर्माता रहेको यो चलचित्रमा जोन योञ्जनको कथा, जोन र शायद कार्कीको पटकथा, आलोक शुक्लाको छायांकन र भीम विश्वकर्माको सम्पादन छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15