मंसिरदेखि कोरियन भाषा परीक्षाको आवेदन खुल्दै
2021/11/07, 4:16
 
aa

कोरियाले २ वर्षदेखि बन्द भएको रोजगार अनुमति प्रणाली ईपीएस मङ्सिरदेखि खुलाउने भएको छ । ईपीएस प्रणालीअन्तर्गत भाषा पास गरेका १० हजारभन्दा बढी नेपाली कामदार कोरिया जाने प्रक्रियाअगाडि बढ्ने भएको छ । पछिल्लो समय कोभिड(१९ को महामारीका कारण नेपाली कामदार कोरिया जान पाएका थिएनन् । एक साता अघि कोरियाले कमिटेड कामदार लगेको थियो । 

कोभिड संक्रमण रोकथाम गर्ने भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले आउँदो मंसिरदेखि ईपीएसको प्रक्रिया खुला गर्ने भएको हो । त्यहाँको श्रम मन्त्रालयले शुक्रबार गरेको नयाँ निर्णयअनुसार ईपीएसमार्फत रोजगारीका लागि कोरिया जाने १६ वटै देशबाट कामदार जान पाउने भएका हुन् । लामो समयदेखि कोरियामा ईपीएस अन्तर्गत नयाँ कामदार जान पाएका छैनन् । नेपाललगायत केही देशबाट रोजगारका लागि धेरै मात्रामा गए पनि विदेशी कामदारले प्रवेश नपाउँदा कृषि र उत्पादनमूलक क्षेत्रमा कामदारको अभाव हुँदै हुन थालेको छ । 

श्रम स्वीकृति प्राप्‍त गरी ६५ हजार नेपाली कामदार कोरिया पुगिसकेका छन् । नेपालीहरू कृषि र औद्योगिक क्षेत्रमा काम गर्न जाने गरेका छन् । सन् २००७ देखि वैधानीक रूपमा भाषा परीक्षा गरेर नेपाली कामदार कोरिया जान थालेका हुन् ।सन् २०२० को मार्चदेखि कोभिडका कारण नेपाली कामदार जान पाएका छैनन् । नेपालबाट कोरियाले कमिटेडु भिसा भएका जना कामदारलाई लैजान सुरु गरिसकेको छ। यसअघि कोरियाले महामारीबीचमा पनि भियतनाम, मंगोलियालगायत विभिन्न मुलुकबाट कामदार लिन थालिसकेको छ ।