
नेपाली काँग्रेस कैलालीको १२३ वडामा अधिवेशन सम्पन्न भएको छ । शनिबारदेखि जिल्लाका १३ वटै स्थानीय तहका वडामा अधिवेशन भइरहेको छ।

आइतबार मध्याह्न सम्म १२३ वडामा अधिवेशन सम्पन्न भएको काँग्रेस जिल्ला कार्यसमितिको प्रचारप्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए । गोदावरी नगरपालिका वडा नम्बर ६ को अधिवेशन भने स्थगित भएको छ ।आज बिहान निर्वाचन गर्ने भनिए पनि हुन नसकेको जनाएको छ ।
यस्तै बर्दगोरीया–२ मा पनि निर्वाचन सम्पन्न भएको छ ।वडा नम्बर २ को मतगणना भएर पनि नतिजा आइसकेको जनाएको छ । यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा सर्वसम्मत नेतृत्व चयन गरिएको संयोजक सुनारले जानकारी दिए । टीकापुर नगरपालिका १ र लम्की चुहा नगरपालिका १ को क्षेत्रीय प्रतिनिधिको परिणाम आउन बाँकी रहेको उनले बताए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/04/20, 12:02
2020/07/17, 11:52
2022/04/05, 11:15