कोरोना रोकथामका लागि सरकार जिम्मेवार नभएको सुदुरपश्चिम प्रदेशबाट कांग्रेसको ज्ञापनपत्र
2020/06/16, 3:15
 
congress

 

कोरोना रोकथामका लागि सरकार जिम्मेवार नभएको सुदुरपश्चिम प्रदेशबाट नेपाली कांग्रेसले ज्ञापनपत्र पठाएको छ । प्रदेशका नौ वटै जिल्ला प्रशासन कार्यालयहरु मार्फत ज्ञापन पत्र वुझाईएको हो । यसै क्रममा नेपाली कांग्रेस कैलालीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार ज्ञापन पत्र पठाएको छ ।

congress

पार्टीका जिल्ला सभापति नरनारायाण शाहको नेतृत्वमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहोरा मार्फत प्रधानमन्त्री समक्ष सो ज्ञापन पत्र पठाएको हो । कांग्रेसले कोरोना भाईरस रोकथामका लागि सरकारको गैरजिम्मेवारीपन र भ्रष्टाचार रोकथामका लागि दबाब दिन स्वदेश र विदेशबाट एक साथ प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको जिल्ला सभापाति नरनारायण शाह मनुले  जानकारी दिए ।

 

congress

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसका कारण विकराल बन्दै गएको परिस्थितिका बारेमा सरकारलाई दबाब दिन स्वदेश र विदेशबाट मंगलबार एक साथ प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । ज्ञापन पत्र वुझाउनु अघि नेपाली काग्रेंस जिल्ला पार्टी कार्यालय नैनादेवीदेखि जिल्ला प्रशासन कार्यालय कैलालीसम्म र्याली निकालिएको थियो ।