
कैलालीको लम्कीचुहा नगरपालिकामा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन्। आइतबार राति चक्कु प्रहारबाट वडा नम्बर १ खुन्टीखेतका स्थानीय दिनेश नेपाली घाइते भएका छन्। बिहेमा नाचगान गरिरहेका बेला उनको कोखामा एक समूहले चक्कु प्रहार गरेको आफन्तले बताएका छन्। घाइते नेपालीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको आफन्तले जानकारी दिएका छन्।

चक्कु प्रहार गर्ने समूहका ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। अन्य फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेकाहरुको विवरण भने सार्वजनिक गरेको छैन।
गत कात्तिक २३ गते मात्रै सोही ठाउँका २३ वर्षीय भूपेन्द्र बडुवालमाथि चक्कु प्रहार भएको थियो। उनको हत्या आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। बाँकी ६ जना भने अझै फरार छन्।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/04, 2:26
2020/10/06, 8:41
2021/04/27, 12:07
2021/11/12, 6:41
2022/11/02, 1:40